आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको नेपालकाे खुलासा

रिपोर्ट नेपाल | 2021 Jun 27 | 08:25 am 2069

काठमाडौं, असार १३ः नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे-यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी गर्दै भने– ‘जस्तोसुकै प्रस्ताव आए पनि विपक्षी गठबन्धन तोड्दिनँ । माधव नेपाल धोका दिने मान्छे होइन ।’ उनले भने– ‘यो एमाले भित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि ताना शाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

नेता नेपालले ओलीको धोकाले आफू मात्रनभई देश नै हैरान भएको टिप्पणी पनि गरे । उनले प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधानमन्त्री दिएपनि अब विपक्षी गठबन्धनको साथ नछोड्ने बताए । प्रतिनिधिसभा विघटनपछि बनेको विपक्षी गठबन्धनमा एमालेको नेपाल समूहपनि सहभागी छ ।

संसद् पुनःस्थापना गर्न र कांग्रेसका सभपति शेरबहादुर देउवालाई प्रधान मन्त्रीमा नियुक्ति गर्न मागगर्दै नेपाल समूहका २८ जना सांसदले सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका छन् । एमाले भित्रको विवाद सामाधान गर्न दोस्रा तहका नेताहरू दौड धुप गरिरहे तापनि नेता नेपालभने विपक्षी गठबन्धनमा सहभागी हुँदै सक्रियता बढाइरहेका छन् ।

ओलीको ताना शाही कदमविरुद्ध लड्न आफूहरू विद्रोही बनेको बताउँदै उनले भने– ‘संविधानको धारा ७६ (५) मा पुगेर ओलीको ताना शाही कदम परास्त गर्न विद्रोही एमाले बन्नु परेको हो ।’ ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य भएको संकेत गर्दै नेपालले ओलीकाकुनै पनि  आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता जनाए । नेपाल  समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.