डडेलधुरा, चैत ६: जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं १ मा ग्याबिनले पासो लगाएर गाईको हत्या गरिएको छ ।
सामुदायिक वनको भिरालो क्षेत्रमा आधा दर्जनभन्दा बढी गाईको हत्या गरिएको भेटिएको हो ।
देउपाल सामुदायिक वनको गैरी ईजर भन्ने ठाउँमा करिब एक साताअगाडि सामुहिक रुपमा गाईको हत्या गरिएको हुन सक्ने प्रहरिले प्रारम्भिक अनुमान गरेको छ ।
घटना स्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको हो । ५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईको बङ्गारा भेटिएको छ भने २ वटा पासो लाउने तार खालि भेटिएका छन् ।
यसरी हत्या गरिएका दुई वर्षभित्रका गाईहरु रहेको पशुसेवा प्राविधिकले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।