आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

| 2019 Dec 31 | 11:57 am 1213

काठमाडौं, पुष १५ : त्रिभुवन विमानस्थलमा सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। महाराष्ट्र ठाणेका सुनिल हरिराम पक्राउ परेका प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ८ बजे प्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बतायो। उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५ ग्राम/२५ ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

एक्स-रे गरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला थाहा प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.