काठमाडौं ,माघ ०७ / झापाका २३ वर्षीय खगेन्द्र दर्जी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित पक्राउ परेका छन्।
आज बिहान १० बजे कतार एअर क्यूआर–६५२ मार्फत् दोहा हुँदै काठमाडौं आएका दर्जी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका हुन्।
भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा बेसबाट इन्सपेक्टरको कमाण्डमा खटिएको ७ जना र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट चाँदीको लेपन लगाई ल्याएको सुन जस्तो देखिने पहेँलो तरल पदार्थ ४ सय ९९ ग्राम बरामद गरेको हो।