आज सुनचाँदीको मुल्य कति ?

| 2024 Jul 22 | 11:14 am 1757

काठमाडौं ०७ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.