काठमाडौँ, ०९ कार्तिक / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर भएको छ ।
अघिल्लो साता लगातार बढेको सुनको मूल्य पछिल्लो समय ६ सय रुपैयाँले घटेको थियो । नेपाली बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँ कारोबार भएको थियो ।