आज सुनको मूल्य घट्यो

| 2025 Apr 18 | 11:15 am 561

काठमाडौँ ०५ वैशाख २०८२ / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.