आज संसदमा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित

| 2019 Jan 01 | 11:49 am 1369

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

यसअघि आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपनि कार्यव्यस्तताका कारण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो। प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्दै संसद सचिवालयले आजको बैठकमा कुनैपनि कार्यसुचि तय गरेको थिएन।

संविधान संशोधनमा वेवास्ता गरेको भन्दै राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले गत साता राजपा नेताहरुलाई बालुवाटार बोलाएर एक साता पर्खन आग्रह गरेका थिए । राजपाले आज हुने प्रधानमन्त्रीको संबोधनमार्फत संविधान संशोधनको प्रगतिबारे स्पष्ट धारणा आउन अपेक्षा गरेको थियो । संसदको हिउँदे अधिवेसन गत बुधबारबाट सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.