काठमाडौं, जेठ ४ : नयाँ संरचना निर्माण गर्नु पर्ने हुनाले शनिबार (आज ) ललितपुरमा बिद्युत आपुर्ति बन्द भएको छ । लगनखेल सातदोबाटो क्षेत्रका पुराना विद्युतका संरचनाहरु हटाएर नयाँ संरचना लगाइने हुँदा विद्युत आपुर्ति आजको लागि बन्द हुने भएको हो ।
लगनखेल वितरण केन्द्रका अनुसार शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । पिआईडि फिडर र रेडियो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।