काठमाडौँ १८ जेठ / वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको छ।
आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३ सय वर्ष अघि नै सुरु भएको हो ।
परम्पराअनुसार, यदि कुनै दिन प्रमाणसहित सही दाबेदार आएमा भोटो फिर्ता दिने गरिन्छ। तर अहिलेसम्म कोही प्रमाणसहित आएको छैन। यही विश्वासका साथ प्रत्येक वर्ष साइत हेरेर भोटो देखाउने चलन बसालिएको हो।
अहिले भोटो देखाउने काम गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा गर्दै आइरहेका छन्। आजको यो अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।