आज मंगलबार शेयर बजार उच्च अंकले बढ्यो

| 2024 Jan 16 | 04:27 pm 717

काठमाडौं ,माघ २ / आज मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेको छ। आज नेप्से २.५७ प्रतिशतले बढेर २१७५.१७ बिन्दुमा बन्द भएको छ। शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५४.५४ अंकले उचालिएको हो । बजार २.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक २१७५.१७ अंकमा पुगेको छ ।

आज ३०४ कम्पनीका २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६.६९ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २८ करोड ३१ लख ५५ हजार ८ सय २.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार बजार ३१.६२ अंकले बढ्दा ५ अर्ब ४५ करोड रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने माघे संक्रान्तिको बिदाका कारण बजार बन्द रह्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.