आज बडा दशैँको तेस्रो दिन, मान्यजनबाट टीका लगाउने क्रम जारी

रिपोर्ट नेपाल | 2020 Oct 28 | 07:50 am 2888

काठमाडौं, कात्तिक १२: आज बडा दशैँ टीकाको तेस्रो दिन।  मान्यजनबाट आज पनि टिका, जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ।

टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ।​ घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम जारी छ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक  सम्बन्ध हुने विश्वास छ।  नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.