काठमाडौं, मंसिर ६ : आज काठमाडौंको आकाशमा बादल लागेकोले तापक्रमकमा वृद्धि भएसँगै चिसोमा केही कम भएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ। जुम्लाको तापक्रम भन माइनस १ दशमल ६ डिग्री सेल्सियस छ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो। त्यस्तै मंगलबार काठमाडौंको न्यूनतम तापक्रा ७ डिग्री थियो भने सोमबार ८ डिग्री सेल्सियस थियो।
त्यस्तै जोमसोमको तापक्रम ४ डिग्री सेल्सियस छ भने जिरीको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेको छ। दिपायलको ७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। जोमसोमको तापक्रम बुधबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। जिरीमा २ डिग्री र जुम्लामा माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो।
आज देशको पहाडी भू भागहरुमा आंसिकदेखि सामान्य बदलि रही १ / २ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकि स्थानहरु सामान्यतया सफा हुने जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सुर्योदय बिहान ६ बजेर ३० मिनेटमा भयो भने सर्यास्त बेलुका ५ बजेर १० मिनेटमा हुनेछ।