काठमाडाैं, फागुन २६ः नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ दर्शनको लागि जाने भएका छन्। बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ।
त्यसअघि उनले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुनेछ।
त्यसै गरी आजै राष्ट्रपति पौडेल बिपी संग्रहालय अवलोकनका लागि सुन्दरीजल जाँदै छन्। बिहान ११ बजे त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको छ।