आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना

रिपोर्ट नेपाल | 2024 Jan 31 | 09:48 am 557

काठमाडौँ ,माघ १७ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्नसक्ने अनुमान छ ।

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसोदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। । अबका तीन दिन विशेष गरी पश्चिमी भेगसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ । आज र भोलि तापक्रम घटेर देशभर चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.