आज तापक्रम कहाँ कति ?

| 2018 Dec 10 | 06:55 am 7814

काठमाडौं, मंसिर २३ : मंसिर अन्त्य हनु लागेसँगै चिसो बढ्‍ने क्रम जारी छ। काठमाडौंको तापक्रम निरन्तर ओरालो झरेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्‍सियस मापन गरिएको छ। आइतबार काठमाडौंको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरिएको थियो।

जिरीको तापक्रम ० दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ। जनकपुरमा ९ दशमलव ८ डिग्री, लुम्लेको तापक्रम ५ दशमलव ५ डिग्री, धरानको न्यूनतम तापक्रम १४ दशलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यसैगरी जोमसोमको न्यूनतम तापक्रमा माइनस शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ। विराटनगरको न्यूनतम तापक्रम १० डिग्री छ भने धनकुटाको न्यूनतम तापक्रम ८ दशलव ६ डिग्री सेल्सियस छ।

पूर्वीपहाडी जिल्ला ताप्लेजुङको तापक्रम ५ दशलव ५ डिग्री सेल्सियस, ओखलढुंगाको तापक्रम ७ दशलमव ३ डिग्री, सिमराको न्यूनतम तापक्रम ८ दशलव ४ डिग्री, भैरहवाको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।

पोखराको तापक्रम ९ दशमलव २ डिग्री, दाङको ६ दशमलव ७ डिग्री, नेपालजन्जको तापक्रम ८ दशमलव ४ डिग्री, विरेन्द्रनगरको ४ दशमलव ७, धनगढीको तापक्रम ७ दशलव २ डिग्री मापन गरिएको छ।

त्यस्तै हिमाली जिल्ला जुम्लाको तापक्रम माइनस ४ दशमलव ५ डिग्री, डडेल्धुराको तापक्रम ४ दशमलव १ डिग्री र दिपायलको तापक्रम ४ दशमलव ८ डिग्री मापन गरिएको छ।

आज देशका पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ। पहाडि भेगका एक दुई स्थानमा छिटफुट वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

आज बिहान काठमाडौंको सुर्योदय बिहान ६ बजेर ४४ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर १० मिनेटमा हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.