आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

रिपोर्ट नेपाल | 2021 May 29 | 08:15 am 2597

काठमाडौँ, जेठ १५ः आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।

सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको पहिलो पटक आरोहण भएको आज ६८ वर्ष पुगेको छ ।

नेपालमा २०६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.