आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

| 2023 Dec 03 | 08:31 am 733

काठमाडौँ, मंसिर १७।आज ३ डिसेम्बर अर्थात ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै यो दिवश मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ । सन् १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो भने नेपालमा भने सन् १९९३ देखि यो दिवश मनाउन थालिएको हो ।

अपाङ्गता दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अहिले बिहान ८ बजे भद्रकालीदेखि भृकुटीमण्डप सम्मको प्रभातफेरी तथा त्यसपछि भृकुटीमण्डपमा बृहत् सभाको आयोजना गरिने कार्यक्रम रहेको छ ।

३२औँ अन्तर्राष्ट्रिय दिवसलाई साताभरि नै विभिन्न संघसंस्थाहरूको पहलमा भव्यताका साथ मनाउने कार्यक्रम रहेको पनि जनाइएको छ । अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको यस वर्षको राष्ट्रिय मूल नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने रहेको छ ।

यस नाराले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रले अपांगता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा पहल गर्न प्रतिबद्ध हुनका लागि आग्रह गर्दछ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.