आजबाट हेटौंडामा कांग्रेसको सभापतिको भेला सुरु

| 2018 Jun 19 | 09:32 am 2275

हेटौंडा असार ५ : कांग्रेस जिल्ला सभापतिको भेला आज हेटौंडामा शुरु हुँदैछ ।

असार ७ गतेसम्म चल्ने भेलामा ७७ जिल्लाका सभापतिका साथै केन्द्रिय पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन् । संगठन निर्माण, संघीय व्यवस्थामा सांगठनिक संरचना र समसामयिक राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारे छलफल गर्न भेला बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएको कांग्रेसले भेलापछि राष्ट्रिय जागरण अभियान चलाउने लगातका निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । संस्थापनइतर पक्षले महासमिति बैठक, नयाँ संरचना अनुसारको अधिवेशन लगायतका बिषय उठाउने तयारी गरेका छन् ।

भेलामा सहभागी हुने सबै केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु हेटौंडामा पुगेका छन् । भेलालाई पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । सम्पूर्ण तयारी पुरा भएको भेलाको संयोजन गरिरहेको मकवानपुर कांग्रेस सभापति इन्द्रबहादुर बानियाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.