आजबाट देश खुला दिसामुक्त राष्ट्र हुने

| 2019 Sep 30 | 09:22 am 2296

काठमाडौं, असाेज १३: विगत लामाे समयदेखि निरन्तर रूपमा गाउँ बस्ती, समुदाय, जिल्ला, प्रदेश हुँदै संचालन गरिएकाे अभियानले आज देशलाईनै खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यमा काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेकाे हाे।

आजकाे याे घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुने छ। यस अभियानकाे शुरुवात नेपालमा २०६८ सालदेखि गरिएको थियो।

उक्त कार्यक्रम खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन्। नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसकेकोले आज देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.