आजबाट ‘कोटा प्रणाली’ हट्याे

रिपोर्ट नेपाल | 2018 Sep 23 | 03:59 pm 1978

काठमाडौं, असोज ७ :  इन्धन अापूर्ति सहज हुँदै गएकाे दाबी गर्दै नेपाल आयल निगमले पेट्राेल तथा डिजेल वितरणमा लागू गरेको कोटा प्रणाली अाजबाट हटाएको छ ।

केही दिन ट्यांकर ढुवानी व्यवसायी तथा सवारी चालकहरुले आन्दोलनले गर्दा इन्धन अापूर्तिमा कठिनाइ उत्पन्न भएकाे थियाे । तर उनीहरुकाे अान्दाेलन फिर्ता भएपछि निगमले अाजैबाट कोटा प्रणाली हटाएको जनाएकाे छ ।

केही दिन प्रेटाेल पम्पहरुमा बढेकाे भीड पनि अाजबाट सहज हुने अपेक्षा गरिएकाे छ । अब उपभोक्ताले मागेजति नै पेट्राेल तथा डिजेल पाउने निगमले जनाएकाे छ ।

इन्धन ढुवानी नसक्दा अभाव चर्किन थालेपछि निगमले असोज ५ बाट पेट्राेल तथा डिजेल वितरणमा काेटा सिस्टम लागू गरेकाे थियाे । जसअनुसार दुर्इपांग्रे सवारीलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्राेल तथा डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै वितरण गर्ने जनाइएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.