आजदेखि कांग्रेसको एक महिने जागरण अभियान

रिपोर्ट नेपाल | 2019 May 08 | 06:17 am 1647

काठमाडौं, वैशाख २५:  गएको तीनवटै निर्वाचनमा सर्वनाक पराजय भोगेको प्रमुख पतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेको गलत कृयाकलाप बारे जानकारी दिँदै मतदातालाई सचेत बनाउन आज बुधबार देखि जागरण अभियान संचालन गर्दैछ ।

देशको ७७ वटै जिल्लामा एकै समयमा उद्घाटन भई सुरु हुने अभियान जेठ २५ गतेसम्म संचालन हुने छ । नेपाली कांग्रेसको इतिहासमा यो जागरण अभियानमा तीनजना नेतालाई मात्रै आसनग्रहण गराइने छ भने माला र व्याच पनि निषेधित गरिएको छ ।

यो अभियानलाई आसन र भाषण मुक्त बनाइने बताएको कांग्रेसको सभामा तीनजनाले मात्र सम्बोधन गर्ने भएका छन् । दीर्घजिवी रुख रोपेर जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि कांग्रेसले जनाएको छ ।

विभिन्न १२ भाषाका जागरण गीत समेत प्रस्तुत गरिने भएको छ । समावेशी दलका रुपमा आफूलाई चिनाउन नेपाली कांग्रेसले मैथली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारु, राजवंशी, देउडा लगायत नेपाली भाषामा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

पहिलो चरणको कार्यक्रम जेठ २५ मा सम्पन्न भएपछि दोस्रो चरणको भदौ २४ बाट असोज २४ सम्म संचालन हुने बताइएको छ । यस पटक कांग्रेसले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सकृय आफ्ना नेता कार्यकर्तालाई जिल्ला जिल्लामा खोजी गर्ने कार्यक्रम पनि बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.