आजको राशिफलः पुस २९ गते आइतबार

| 2019 Jan 13 | 06:58 am 2017

वि.स.२०७५ साल पुस २९ गते आइतबार इश्वी सन् २०१९ जनवरी १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– सप्तमी, १९ः०० बजेउप्रान्त अष्टमी। नक्षत्र– उत्तरभाद्रपदा, ७ः२८ बजेउप्रान्त रेवती। योग– शिव, २८ः१७ बजेउप्रान्त सिद्ध। करण– वणिज, १९ः०० बजेदेखि भद्रा, भोलिसम्म बजेउप्रान्त भद्रा। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६ः५८ बजे, सूर्यास्त– १७ः२७ बजे र दिनमान २६ घडी १३ पला। पञ्चक। रवि–सप्तमी व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वास जाग्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । राजनैतिक चिन्तन बढ्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । प्रेम सम्बन्ध कसिलो होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कामका विभिन्न अवसर फेला पर्ने छन् । बौद्धिक काममा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.