आजको मौसम यसप्रकार रहेको छ

| 2024 Dec 20 | 10:10 am 241

काठमाडौँ, ०५ पुष / जल तथा मौसम विज्ञान विभागकाअनुुसार देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा रहने छ। तराई, खोच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

विभागकाअनुुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.