आजको मौसम कस्तो रहन्छ मौसम विदका अनुसार

| 2019 Apr 02 | 08:55 am 2004

काठमाडौं, चैत्र १९ : मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद गंगा नगरकोटीका अनुसार पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताएकी छन् ।

साँझमा पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने साथै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले जानकारी दिए ।

विशेष गरि तराईका क्षेत्रमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने मौसमविदको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.