आजको पञ्चाङ्ग एवम् राशिफल (१ मङ्सिर २०८० शुक्रबार, १७ नोभेम्बर २०२३)

| 2023 Nov 17 | 07:15 am 501

काठमाडौँ, मङ्सिर १।

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १ गते इ.सं. २०२३ नोभेम्बर १७ तारिख शुक्रबार कार्तिक शुल्क पक्षको चतुर्थी ११ः३९ पर पञ्चमी तिथि पूर्वाषाढ़ा नक्षत्र धृति योग बब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा भयो र सूर्यास्त साँझ १७ः९ मा हुनेछ । मार्गसंक्रान्ति ।

आजको राशिफल

मेष – भाग्यबल बढ्नेछ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बोलीको भरमा काम सम्पादन होला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, सचेत रहनुहोस् । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

वृष – समय शुभदायी छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने तपाईंले गरेको कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । यात्रा सुखद रहला ।

मिथुन – पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ, तर आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, सकभर टार्ने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । सामान्य खर्चको योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त होला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । प्रतिस्पर्धी पछि पर्नेछन् । आरोग्यता रहनेछ भने रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – मिश्रित फल दिने खालको दिन छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । तर, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काममा अल्झनुपर्ने र घरेलु समस्याले सताउने योग छ । प्रेमभाव बढ्नेछ । यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ । विजय श्री प्राप्त हुनेछ ।

कन्या – लाभ हुने काम प्रारम्भ गर्ने र गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको महत्वपूर्ण काम भने आज सजिलै नहुने सम्भावना छ, धैर्य राख्नुहोला । व्यस्तता र आरोग्य बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला ।

तुला – मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । पराक्रम बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । कृषिकर्ममा भएकालाई भने केही समस्याको समय छ । रसरागको भाव वृद्धि होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – दिगो योजना प्रारम्भ हुन सक्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय छ । साझेदारीमा फाइदा होला । मान महत्व बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । अरूका काममा समय बित्न सक्ने र उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने योग पनि छ, धैर्यपूर्वक काम गर्नु हितकर होला । आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन, सचेत रहनुहोला ।

धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आरोग्यता र तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । इर्षयलुजनबाट सावधान रहनुहोला । विजयश्री प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

मीन – कर्मबल बढ्नेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । भोगविलासमा आकर्षण रहनेछ ।

(घटना र विचारबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.