आजको तापक्रम : कहाँ कती ?

| 2018 Dec 21 | 07:08 am 2096

काठमाडौं, पुस ६: आज काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री मापन गरिएको छ। यसअघि सोमबार काठमाडौंमा वर्षकै न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री मापन गरिएको थियो।

जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रम माइनस २ दशमलव ४ डिग्री मापन गरिएको छ। दिपायलको शुक्रबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री मापन गरिएको छ भने डडेल्धुराको तापक्रम ४ दशमलव ५ डिग्री मापन गरिएको छ। धनगढीको तापक्रम ६ दशमलव ५ डिग्री छ।

विरेन्द्रनगरको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री, नेपालगन्‍जको तापक्रम ८ डिग्री, दाङको तापक्रम ६ दशमलव ६ डिग्री मापन गरिएको छ। पोखराको बुधबार बिहानको तापक्रम ७ दशमलव ५ डिग्री मापन गरिएको छ। भैरहवाको तापक्रम ८ दशमलव ३ डिग्री, सिमराको तापक्रम ८ दशमलव ५ डिग्री, ओखलढुंगाको ५ दशमलव ६ डिग्री, ताप्लेजुङको ३ दशमलव ९ डिग्री, धनकुटाको ७ दशमलव ४ डिग्री, विराटनगरको १५ दशमलव ११ दशमलव ८ डिग्री मापन गरिएको छ।

त्यसैगरी जोमसोमको तापक्रम १ डिग्री, धरानको १२ दशमलव ४ डिग्री, लुम्लेको ५ डिग्री र जनकपुरको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री मापन गरिएको छ।

देशभर शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौंमा आज बिहान ६ बजेर५० मिनेटमा सुर्योदय भयो भने सुर्यास्त बेलुका ५ बजेर १४ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.