काठमाडौँ १५ जेठ / अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको विजुली बंगलादेश निर्यात गर्ने बताएका छन् ।
९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउँने लक्ष्य सरकारले लिएको अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताए।
प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइने पुनले बताए। विद्युत प्रसारण लाइन विस्तारमा नीजि क्षेत्रको पनि सहभागी गराइने बताइएको छ।