काठमाडौँ मंसिर २० : बिश्वब्यापी कोरोना महामारीका कारण बन्द भएको काठमाडौँ स्थित महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर (क्यूभिसी) आगामी मंसिर २५ गतेबाट फेरि सञ्चालनमा आउने भएको छ ।
भिसा सेन्टरले सामाजिक संजाल फेसबुक मार्फत उक्त्त कुराको जानकारी दिएको छ । भिसा सन्दर्भ नम्बर र भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकहरूको छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरको वेबसाइट मार्फत अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ ।
सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन्। सबै काम नेपालबाट पूरा हुनेछ । जसका कारण नेपाली कामदारले कतार आइपुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् ।