आगामी आर्थिक वर्षको बजेट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने

रिपोर्ट नेपाल | 2021 May 27 | 12:33 pm 1625

काठमाडौं, जेठ १३: आगामी आर्थिक वर्षको बजेट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने तय भएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन  लागेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले यसअघि सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलब बढाउने घोषणा गरिसकेका छन्। यस्तै करको दरमा केही हेरफेर हुने जनाइएको छ।

बजेटअघिको आर्थिक सर्वेक्षण भने शुक्रबार सार्वजनिक हुने भएको छ। मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.