उदयपुर, बैशाख २६ः आइतबार बिहान विद्युत सर्ट भई आगलालागी हुँदा उदयपुरमा पाँच घर जलेर नष्ट भएकाे छ । उक्त आगलागी चाैदण्डीगढी नगरपालिका ८ बिरेन्द्र बजारमा लागेकाे हाे ।
आगलागी स्थानीय कला राई, डम्बर राई, बादल राई, पदमा मगर र कृष्ण मगरको घरमा लागेर नष्ट भएको छ । आगो स्थानीय, दमकल, नेपाल प्रहरी ,शसत्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीमा अन्दाजी १ करोड ३० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उक्त घटनाकाे थप विवरण आउन बाँकी रहेको बताइएकाे छ ।