आगलागी नियन्त्रण तथा अवैध सामान बरामदमा एपीएफ टोली सकृय

| 2021 Apr 05 | 05:32 pm 245

मोरङ्ग,चैत २३ः जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

उक्त फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आगोको झिल्का निस्किएर आगलागी भएको र उक्त आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

चोरीपैठारीको लत्ताकपडा बरामद
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ स्थित पिपल डाँडा भन्ने स्थानबाट चैत्र २३ गते एपीएफ टोलीले करीव १ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली नेपालतर्फ ल्याउँदै  गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.