आगलागी नियन्त्रण तथा अन्य क्रियाकलापमा एपीएफ टोलीको सकृयता 

| 2021 Apr 18 | 07:23 pm 2489

झापा, बैशाख ५ः जिल्लाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्ती स्थित एक कृषी फर्ममा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएकाे थियाे।

सोही ठाउँमा रहेको विकास विमलीले संचालन गरेको बुद्धशान्ति नमुना कृषि फर्ममा विद्युतीय तार सर्ट भई सो आगलागी हुदाँ करीव ६० लाख रुपैयाँ बराबरको सामान तथा चौपाया जलेर नष्ट भएको बताईएको छ । उक्त आगलागीबारे
जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश टिमाईबाट खटिएको एपीएफ टोलीले उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।

यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ७ गार्वेन चोकमा यादव प्रसाद पोखरेलले संचालन गरेको यति फर्निचर उद्योगमा विद्युत सर्टभई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा सो आगलागी नियन्त्रणमा ल्याएका हुन् ।

 औषधी बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव २ लाख २४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल कुमार थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

 चोरीपैठारीको सामान बरामद
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो
। बरामद सामान भन्सार कार्यालय बिराटनगरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको एपीएफ टोलीले करीव एक लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बझुाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.