आगलागी नियन्त्रणमा नेपाली सेना

रिपोर्ट नेपाल | 2021 Aug 07 | 07:38 pm 2493

काठमाडाैं, साउन २३ः शनिबार काठमाडाैं महानगरपालिका वडा नं.१६, बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा भएको आगलागी नियन्त्रण कार्यको लागि नेपाली सेनाको जनशक्ति परिचालित भएका थिए ।

गएराती ३ बजे उक्त आगलागीको खबर प्राप्त भएपश्चात नेपाली सेनाको बालाजुस्थित श्री नं.१ बाहिनी
अड्‍डाका सहायक बाहिनीपतिको कमाण्डमा १ सय २८ जना जनशक्ति २ वटा दमकल सहित आगलागी नियन्त्रणको
लागि सो स्थानमा परिचालित भएका हुन् ।

उक्त आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीद्वारा ट्रस घर-१ (एक) भत्काईएको छ भने नेपाली सेनाको दमकल सहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासीहरुको संयुक्त प्रयासमा उक्त आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियाे ।

उक्त आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.