आगलागीमा परी एक बृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 18 | 02:39 pm 1495

चरिकोट, पुस ३ : दोलखा बिगु गाउँपालिकामा गए राति आगलागी हुँदा त्यसमा परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु गाउँपालिका–८ थामीचागुका ७५ वर्षीय बलबहादुर थामी रहेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

भूकम्पपछि सरकारी मापदण्डअनुसारको पक्की आवास निर्माण गरिरहेका थामी त्रिपालको टेन्टमुनि बस्दै आएका थिए । दोलखामा केही दिनदेखि चिसो बढेसँगै त्रिपालको टेन्टमा आगो तापेर सुतेका थामीको अस्थायी टहरामा आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बेलुका खाना खाएर सुतेको समयमा करीब १० बजे राती आगलागी भएको थियो ।

स्थानीयवासीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आए पनि कटेज पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक काफ्लेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.