बैतडी, जेठ ९: गए राति बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटस्थित टहराेमा आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
कुवाकोटका अन्दाजी ५० वर्षीय करे लुहार उनकै ४५ वर्षीया उनकै श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार राति पुर्चाैडी नगरपालिका–७ गिरीजाबगर बसपार्क छेउमा टहरो बनाएर बस्दै आएका उनीहरुको टहरोमा आगलागी हुँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नेत्रमणी गिरीले जानकारी दिए ।
उक्त आगलागीको जानकारी पाएपछि स्थानीय र पुरघाट प्रहरीचौकीबाट प्रहरी टोलीले आगो नियन्त्रणमा लिएकाे थियाे। मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमको लागि प्राथमिक उपचार केन्द्र पाटन ल्याउँदै छ भने घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।