आगलागीबाट लाखौंको धनमाल क्षति

रिपोर्ट नेपाल | 2018 Oct 16 | 08:54 pm 1649

काठमाडौं, असोज ३० : मोरङ, बारा र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १२ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । मोरङ सुनबर्सी नगरपालिका ७ गुद्री चौक बस्ने हरि ऋषीदेव सहित ४ जनाको फुसको घरमा विजुलीको पोलको तार सर्ट भई आगलागी हुँदा ४ वटै घर, लत्तकपडा र अन्नपात लगायतको धनमाल जलेर करिब २ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै बारा निजगढ नगरपालिका ९ भामरापुलस्थित कपास उद्योगको कारखानामा विद्युत सट भई आगलागी हुँदा मेसिन र कपास जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सप्तरी कंचनरुप नगरपालिका ८ बस्ने सत्य नारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.