आगलागीबाट लाखाैको क्षति

रिपोर्ट नेपाल | 2018 Jun 13 | 08:41 pm 3397

दमौली,जेठ ३० : तनहुँको म्याग्दे गाउँपालिका– ६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विधुत चुहिएर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा क्षति भएको हो । शाहीको परिवार छिमेकीको शरण लिन बाध्य भएको बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.