ताप्लेजुङ, साउन २ः ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ काे एक घरमा सोमबार बिहानै आगलागी भएको छ । आगलागीबाट स्थानीय दावा शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ ।
सोमबार बिहान करिव ३ बजेतिर शेर्पाको घरमा आगलागी भएको हो । आगलागीबाट घर र मतानभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको अग्निपीडित दावा शेर्पाले बताए ।
शेर्पाकाअनुसार आगलागी सुरु भएको चाँडै थाहा पाएका कारण मानवीय क्षति हुन पाएन । उनी हाल कामको सिलसिलामा काठमाडौंमा रहेका छन् भने घरमा बाबु, आमा र एकजना भाइ रहेका थिए । विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ । यता क्षतिको विवरण सङ्कलन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।