आगलागीबाट करोडौंको नोक्सानी

रिपोर्ट नेपाल | 2018 Jun 11 | 09:16 am 4538

इटहरी, जेठ २८: सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । इटहरी, धरान, दुहवी र इनरुवा र विराटनगरबाट आएका बारुणयन्त्रको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.