सर्लाही, असार २८ः आगलागीबाट सर्लाहीमा एक घर जलेर नष्ट भएकाे छ । जिल्लाकाे हरिवन नगरपालिका २ पाकरगाछी बस्ने मनहरी मैनालीको २ तल्ले काठको घरमा विद्युत सर्ट भई आगलागी भएको बताइएकाे छ ।
आगलागीकाे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट प्रहरी टोली खटि गई नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
आगलागीबाट मानवीय तथा पशु चौपायाकाे कुनै क्षति नभएको तर लत्ता कपडा, भाँडा बर्तन, फर्निचर, अन्नपात र नगद २ लाख समेत गरी जम्मा २० लाख पन्चानब्बे हजार बराबरको क्षति भएको बताइएकाे छ ।