काठमाडौँ २८ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूबिरुद्ध पार्टिकार्यालय भित्र भएको कुट्पिट्बारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।
प्रहरी वृत महाराजगञ्जमा श्रेष्ठले ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसरले जनाएको छ। श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् ।
पूर्व एआईजी तथा राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेका श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा कुट्पिट् भएको थियो । घटना अनुसन्धान गर्न प्रहरीले शुरुगरेको जनाएको छ।