आकस्मिक सेवा बाहेक गुल्मी अस्पताल बन्द गर्ने

| 2023 Aug 29 | 05:28 pm 2133

गुल्मी, भदाै १२ । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ७ निवासी प्रशंसा मरासिनीको गुल्मी अस्पतालका चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पताल परिसरमा नारावाजी गरेको समुह उत्तेजित भई चिकित्सक माथी हातपात गरेको भन्दै अस्पतालका चिकित्सक कर्मचारीले सेवा बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिएर अस्पतालका चिकित्सक कर्मचारीले विज्ञप्ती प्रकाशन गरी उक्त कुरा जनाएका हुन । वालिकाकाो मृत्यु प्रति दु:ख व्यक्त गर्दै अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डन राजेन्द्र बहादुर जिसीलाई सार्वजनिक पद धारण गरेको जिम्मेवार व्यक्तिको नेतृत्वमा अस्पताल प्रशासन भवनबाट लछारपछार गर्दै कुटपीट गरिएको घटनाले त्रसित बनाएको जनाइएको छ ।

विज्ञप्तीमा यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएको भन्दै दोषीलाई कारवाहीको माग गरिएको छ । अस्पताल आकस्मीक सेवा भने संचालन हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.