आइसीसी क्रिकेट विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

रिपोर्ट नेपाल | 2024 Feb 17 | 09:04 am 1261

काठमाडौँ, फागुन ५ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । पहिलो सिरिजको नेपालको दोस्रो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे खेल सुरु हुनेछ ।

नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन्।

सन् २०२३ मा विश्वकप खेलेकै बलियो टोलीसहित आएको नेदरल्यान्ड्स लिग-२ मा सुखद सुरुवात गर्ने लक्ष्यमा लिएको छ। नामिबियाविरुद्ध पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सविरुद्धको खेल जित्ने दबाबमा छ। नेपाल र नेदरल्यान्ड्सबीच ओडीआईका तीन खेलमा नेपालले एउटा जितेको थियो।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ

नेदरल्यान्ड्स टोली : म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, तेजा निदमानुरु, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, रोलफ भान डर मर्व, बास डे लिड, काइल क्लेन, ओलिभर एलेन्बास
(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.