आइतबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने

| 2021 Oct 22 | 02:16 pm 1997

विराटनगर कत्तिक ०५ : प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने भएका छन् ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने बताए ।

विपक्षी दलले भने आजकै बैठकमा मतदानको माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.