आइतबार बिहानै थप १० जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित संख्या २ सय ९१

रिपोर्ट नेपाल | 2020 May 17 | 07:50 am 1885

काठमाडाैं, जेठ ४ः आइतबार बिहानै नेपालमा थप १० जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार थपिएकाे १० जना सबै राैतहटकाे भएकाे जनाएकाे छ ।

उनीहरूकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंमा गरिएकाे परिक्षणमा पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेकाे हाे ।

हालसम्म उनीहरूकाे अवस्था सामान्य हरेकाे बताइएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ९१ जना पुगेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.