काठमाडाैं, असोज १८ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई सम्मान स्वरुप एक तह बढुवा गरी सहायक हवल्दार बनाएका छन् ।
चीनमा भइरहेको एशिया कप क्रिकेटमा मंगोलिया बिरुद्धको खेलमा ऐरीले विश्वकै सबैभन्दा छिटो दुर्लभ अर्धशतक बनाएका थिए । उनले जम्मा ९ बलमा ५० रन बनाएका थिए । ऐरीले अहिलेसम्मको रेकर्डमा कम बलमा अर्धशतक बनाएर विश्व कृतिमान कायम गरे पछि संसारभरका संचारमाध्यमले उच्च महत्वका साथ समाचार सम्प्रेषण गरेका थिए ।
यस अघि भारतका युवराज सिंहले १२ बलमा ५० रन बनाएका थिए ।