तनहुँ, जेठ २७: पृथ्वीराजमार्गअन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध राजमार्ग एकतर्फी सुचारु भएको छ ।
शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको राजर्मा दिउँसो १ बजेपछि एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकको कुनातर्फ भित्ता सामान्य रुपमा जेसिबीले काटेर फालेपछि साना सवारी पास भएको छ । ठूला सवारी साधनलाई भने प्रवेश गराइएको छैन ।