आँखा शिविरबाट १५ सय बढी लाभान्वित

रिपोर्ट नेपाल | 2023 May 25 | 08:26 am 385

दोलखा, जेठ ११ः तिलगङगा आँखा प्रतिष्ठान काठमाडौँ, दोलखा लायन्स आँखा केन्द्र र लायन्स क्लब अफ दोलखाको संयुक्त आयोजनामा ऐतिहासिक सहर दोलखामा भएको आँखा शिविरबाट १५ सयभन्दा बढी आँखाका रोगी लाभान्वित भएका छन् ।

तीन दिने शिविरमा ६१ जनाको मोतीबिन्दुको शल्यक्रिया,तीन जानको मासु पलाएको र एक हजार ५२५ जनाको परीक्षण गरी कुल एक हजार ५८९ जना लाभान्वित भएका दोलखा लायन्स आँखा केन्द्रका इन्चार्ज विप्लव खडकाले जानकारी दिए ।

उनका अनुसार न्यूनतम शुल्कमा उपचार गरिएको हो । यीमध्ये १५ जना गरिब विपन्नहरूको इम्पु्रभिङ लाइभस इन नेपाल नामक संस्थाले शुल्क व्यहोरेको छ । यहाँ हरेक तीन÷तीन महिनामा शिविर हुँदै आएको छ ।

बिरामीहरूको सहजका लागि गाउँ गाउँमै पुगेर शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरिने गरिएको छ । उनले भने, तीलगङगा आँखा प्रतिष्ठान काठमाडौँकी डा. एलिना गुरुङसहित पाँच जना र केन्द्रका आठ जना समेत शिविरमा खटिएका थिए । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.