आँखामा समस्या भएकी बालिकालाई युवाहरूकाे संस्थाद्वारा आर्थिक सहयोग

| 2020 Sep 23 | 10:03 pm 2078

महेश सिंह सिरहा, असोज ७ः सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ राघोपुर बकथलवा टोलको भोला सदायको ११ वर्षीया छोरी नेहा कुमारी सदाय बिगत ५ बर्ष देखि अँखाको रोगबाट पीडित छिन्।

No description available.

उनी सानौ उमेरमा साथीहरूसंग खेलने क्रममा आफुलाई थाहै नभई आँखामा समान्य चोट लागेको बताउछिन्।

बुवा भोला सदाको अनुसार छोरीलाई आँखामा समान्य चोट लागेको करिब ५ बर्ष भयो। बिस्तारै नेहाकी आँखा रातो हुँदै आँखामा भित्र दुख्न थालेपछि केही महिना अगाडि उनलाई चेकजाँचको लागि मिर्चैया आँखा अस्पतालमा लागेकी थिईन्।

नेहाकी उपचारमा धेरै रकमको आवश्यकता परेको हुँदा त्यसको मध्यनजर गर्दै मनकारी युवाहरूको एक संस्था जनकल्याण ईन्टरनेशनल ग्रुप नेपालद्धारा पीडित नेहा कुमारी सदालाई संस्थाका अध्यक्षले तत्काल उपचारको लागि १० हजार रुपैयाँ सहयोग गरेको संस्थाका सल्लाहकार धनिर सदाले जानकारी दिए।

No description available.

नेहाको घरको आर्थिक अवस्था एक दमै नाजुक र दयनिय रहेको छ। न त बास बस्ने राम्रो घर छ न त घरबारी ऐलानी जग्गामा घर बनाए बस्दै आएकी छन्।

नेहा की बुवा आमा, ज्याला मजदुरी गरेर घर परिवार चलाउने गरेको बुझिएको छ। एक छाक टार्न उनीहरुलाई अर्काको खेत बारीमा मजदुरी गर्न जानु पर्ने बाध्यता छ।

बिरामीलाई उपचार गराउन पैसा छैन। नेहा की आँखामा समस्या झन दिन प्रतिदिन बिग्रिदै गइरहेको छ । हाल उनीको आँखामा मासु पलाएर अर्थात ट्युमर भएर आँखा नै काम नलाग्ने अवस्था भएको छ ।

सदायलाई उक्त आँखा देखिने चान्स छैन उनीलाई आर्टिफिसियल आँखा लगाउनु पर्ने हुँदा त्यो आँखामा ज्योति आउदैन सौन्दर्यताको लागि मात्र रहने छ, डाक्टर सतबुध श्रेष्ठ र सागरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत डा. ललित नारायण महतोले जानकारी दिए।

No description available.

नेहाकी आँखा अहिले बाहिर निस्किएको देखिन्छ। हेर्दा डरलाग्दो भएको छ। उनलाई उपचारको लागि सिरहाको लहान नगरपालिका ३ स्थित रहेको सागरमाथा चौधरी आँखा अस्पतालमा उपचारको लागि ल्याएको छ।

भोला सदासंग पैसा नै छैन गाउँमा कसैले ऋण कर्जा दिन मान्दैनन किन भने सदासंग केही पैत्रिक सम्पत्ति नभएको कारण ऋण दियो भने उनले कहाँबाट तिर्छ भन्ने डरले कसैले ऋण दिन मान्दैनन् ।

अहिले भोला सदा आर्थिक सहयोगका लागि दाताहरुसंग हारगुहार मागिरहेका छन् । यो समाचार हेरेर सहयोग गर्न चाहनुहुने त्यस्ता सहयोगी दानवीर दाताहरुलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.